काठमाडौं । जेनजी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् । उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका हुन् । घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू करिब ध्वस्त भएका छन् ।

आगजनी हुने भएपछि राष्ट्रपति पौडेललाई नेपाली सेनाले हेलिकप्टरबाट शिवपुरी लगेको छ । त्यसअघि प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा पार्टीका शीर्ष नेताहरूको निवास र कार्यालय जलाए । राजधानीका अधिकांश क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थितिमा पनि भीड नियन्त्रणबाहिर गयो ।














