Logo
Logo

जेलबाट निस्केपछि रविले भने : शीर्ष दलका नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई संयमित रुपमा अघि बढ्न अपिल गरेका छन् । उनले देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन् ।

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूले तीन पुस्तासम्म लुटेर जोडेका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यिनीहरू कानुनी दायरामा आउनैपर्छ। तर, हामीले अब अत्यन्त संयमित भई राष्ट्रको सम्पत्ति जोगाउन जरुरी छ ।‘

उनले प्रहरी, न्यायालय र सुरक्षासम्बन्धी दस्तावेजहरू राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै ती क्षति हुँदा मुलुककै लागि गम्भीर परिणाम आउने चेतावनी दिए । लामिछानेले आन्दोलनलाई शुद्ध रूपमा जेनजी पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘म नागरिक सर्वोच्चताको पक्षमा छु र मुलुकको अबको नेतृत्व जेनजीकै माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छु ।’

कारागारबाट कानुनी प्रक्रियामार्फत मात्रै मुक्त भई आमनागरिकबीच आएको उनले प्रस्ट्याउँदै आगामी दिनमा आवश्यक कानुनी प्रक्रियाका लागि आफू सदैव तयार रहने बताएका छन्।

यस्तो छ उनको अपिल 

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व  जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु । 
आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।
एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्