Logo
Logo

कास्की कारागारबाट भागे ९ सय बढी कैदी


1.3k
Shares

काठमाडौं । तोडफोड गरेर कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि कुटपिट गरेर कैदीबन्दी भगाएका हुन्।

जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।

तर, बेलुका जेनजीको सहयोगमा सुरक्षाकर्मीमाथि कुटपिट गरेर कैदीबन्दी आफैं कारागार तोडेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।

सोमबारदेखि सुरु भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि जेनजी आन्दोलनकारीहरु थप आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्