काठमाडौं । आफूहरु जेनजी प्रदर्शनकारी भन्दै मंगलबार राति सुनसरीको झुम्का कारागार पुगेको एउटा समूहले त्यहाँ रहेका कैदीबन्दी भगाएको छ ।

झुम्का कारागार प्रमुख सुवास लामिछानेका अनुसार ब्लक ए र बीमा गरी १०९८ कैदीबन्दी रहेको कारागारका धेरै कैदी भागेका छन् । ज्यादै बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि कारागारका सुरक्षाकर्मी पछि हटेको कारागार प्रशासनको भनाइ छ ।
नेपाली सेनाको टोली आइपुगेपछि केही कैदीबन्दी भित्रै रहेको प्रशासनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पथरीका १९ जना र उर्लाबारीमा रहेका १४ जना थुनुवा पनि भागेका छन् ।














