
काठमाडौं । चाबहिलको चुच्चेपाटीर कोटेश्वरको भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । यी दुबै ठाउँका सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ ।
जनेजी प्रदर्शनको क्रममा एक समूहले मंगलबार भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको थियो । त्यसभित्रका सामानहरु सबै जलेर नष्ट भएको छ ।
प्रदर्शनकारीले नक्शालको भाटभटेनी, चितवन, विराटनगर लगायतका क्षेत्रमा पनि आगजनी गरेका थिए ।














