काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने समूह हतियार लिएरै हिँडेको पाइएको छ । सुरक्षा स्रोतका अनुसार कतिपय ठाउँमा उनीहरूले फायरसमेत गरेका छन् । केही ठाउँमा दोहोरो फायरिङ भएको पाइएको छ ।

नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । टुसालमा भएको फायरिङपछि सेनाले केही हतियार बरामद गरेको छ । हतियार, गोली, पकेट बम, पेस्तोल पनि विभिन्न ठाउँका प्रदर्शन र लुटपाटमा प्रयोग भएका देखिएका छन् ।
केही हतियार प्रहरीबाट लुटिएको हुनसक्ने भएपनि कतिपय प्रहरीले पनि प्रयोग नगर्ने खालका हतियार देखिएको सुरक्षा स्रोतले जनाएको छ । प्रदर्शनकारीले केही ठाउँमा बम पड्काएका छन् ।














