Logo
Logo

कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो


0
Shares

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।

कारागार प्रशासक बाबुराम अर्यालले कैदीहरुले आफुहरु बाहिर निस्किन पाउनुपर्ने भन्दै आगजनी गरेको जानकारी दिए । उनका अनुसार अहिले कारागारमा आगोको मुस्लो आइरहेको छ ।

कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ भने कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्