
काठमाडौं । डडेल्धुरा कारागारबाट ८५ जना कैदीबन्दी भागेका छन् । बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका हुन् ।
तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताए । उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ । नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन् ।
तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको छ । कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन् । डलेलधुरामा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।














