
काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हाल भइरहेको जनेजी आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।
प्रहरी मुख्यालयले सूचना जारी गर्दै अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको जनाएको हो ।
प्रहरीले यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न समेत सबैमा अनुरोध गरेको छ ।











