Logo
Logo

प्रचण्डपुत्री गंगा दाहालको घरमा जलेको अवस्थामा शव फेला


189
Shares

काठमाडौं । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।

मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा आगजनी भएको थियो । आगोमा परी एकजना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार शव पुरूषको हो । तर, शव पहिचान हुनसकेको छैन । शव पहिचानका लागि मुचुल्का गर्न टोली खटिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्