
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । आज १२ बजे खुल्ने गरी मंगलबार बन्द गरिएको विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने भएको हो ।
विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अनिश्चितकालका लागि उडान अवतरण बन्द गरिएको जानकारी दिएको छ ।
यसअघि हिजो आज १२ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको थियो । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले उग्र रुप लिँदा विमानस्थलबाट आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।















