Logo
Logo

रसुवा कारगारका सबै कैदी भागे, कुख्यात अपहरणकारी उदय सेट्टी पनि फरार


0
Shares

काठमाडौं । रसुवा कारागारबाट सबै कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका सबै ९८ जना कैदी तोडफोड गरेर भागेको रसुवा कारागारका जेलर कैलाश देवकोटाले बताए ।

यसरी भाग्ने मध्ये कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि छन् । उनीमाथि अपहरण र व्यक्ति हत्याको मुद्दामा कारागारमा थिए ।

उनले अझै २ वर्ष कैद भुक्तान गर्न बाँकी नै थियो । त्यसपछि पनि अन्य ठाउँहरूमा मुद्दा रहेकोले प्रहरीले रसुवाबाट छुटेपछि लाने बताउँदै आएको थियो ।

जेनजीको प्रदर्शनका क्रममा अन्य कारागारबाट धमाधम कैदीहरू भाग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्