Logo
Logo

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ


0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको परिस्थितिको अनुगमनलाई निरन्तरता दिएको छ । 

The current image has no alternative text. The file name is: national-human-right-commision.gif

बुधवार जारी प्रेस विज्ञप्तिमा आयोगले प्रदर्शनपश्चात् लागेको निषेधाज्ञाको अवधिमा मानव अधिकारको अवस्था, मृतकका परिवार र घाइतेहरूको स्थिति बुझ्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

आयोगले हिंसात्मक गतिविधि नगर्न र नगराउन सबै पक्षसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न सहरमा भएको प्रदर्शन र निषेधाज्ञाको समयमा मानव अधिकारको अवस्था, मृतकका परिवार र घाइतेहरूको स्थिति बुझ्ने कार्यमा आयोग सक्रिय छ । अनुगमन र अनुसन्धानमा सहयोग गर्न तथा मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजता प्रदान गर्न सम्बन्धित सबैसँग आग्रह गर्दछौँ ।’

आयोगले आगामी दिनमा यस्ता घटना दोहोरिन नहुनेमा जोड दिँदै हिंसात्मक कार्य रोक्न आह्वान गरेको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको र जनताका हक अधिकारलाई सुदृढ बनाउँदै लोकतान्त्रिक प्रक्रियाबाट वर्तमान अन्योलको समाधान खोजिनुपर्नेमा आयोगले जोड दिएको छ ।

सङ्कटको यस घडीमा स्थिति सामान्यीकरणका लागि राज्यका निकाय र आम नागरिकको सकारात्मक भूमिका आवश्यक रहेको भन्दै आयोगले सबैलाई आ९आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्