Logo
Logo

लुटिएका सामग्री संकलन गरेर फिर्ता गर्दै हाँडीगाउँवासी


0
Shares

काठमाडौं । विभिन्न स्थानबाट मंगलबार लुटिएका सामग्री संकलन गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँका स्थानीयले सम्बन्धित कम्पनीहरूलाई फिर्ता गर्ने भएका छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले लुटिएका सामग्रीहरू बिहानैदेखि संकलन गरिएको बताए । “हामीले प्रत्येक घरमा चेकजाँच गरेर सामग्री संकलन गरिरहेका छौं,” प्रजापतिले भने, “कर्फ्यु लागेपछि हामीले गल्लीगल्लीमा गएर संकलन गर्ने कार्य भइरहेको छ।”

प्रजापतिले भाटभटेनी र अन्य केही सो रूमबाट त्यस्ता सामग्रीहरू लुटेर ल्याइएको बताएका छन् । उनले मंगलबारजस्तो घटना हुन नदिनका लागि वडाले टोलमा समूह पनि गठन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्