Logo
Logo

जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार


126
Shares

काठमाडौं । करिब चार घण्टादेखि जारी जेनजी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्विकारेर जाने निष्कर्ष निकालेको छ । 

The current image has no alternative text. The file name is: susila.gif

जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुने चर्चाबिच हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा स्विकारेर जाने निष्कर्ष निकालिएको हो । 

जुम बैठकमा जेनजीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्विकारेर जान सकिन्छ । त्यसपछि बालेनन्द्र र सागर ढकालहरू पनि हुनुहुन्छ । हहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ ।’

भर्चुअल बैठकमा उनीहरूले अहिलेलाई पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अर्को सक्षम व्यक्ति नरहेको पनि बताएका छन् ।  ‘सुशीला कार्कीङ्को नाममा नोटिस निकालौँ । सुशीला कार्कीको नाम डन भयो, अनाउन्स गरौँ ।’

जेनजीले छलफलमा सर्वमान्य एजेन्डा हुनुपर्ने अडान लिएका थिए । नेतृत्व पनि सबैले पत्याउने हुनुपर्ने बताएका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्