म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र लमसुङमा रहेको ढोरपाटन सिकार आरक्षको रेञ्जपोष्टमा स्थानीयवासीले बुधबार तोडफोड र आगजनी गरेका छन् ।

ढोरपाटन सिकार आरक्षमा समेटिएका गुर्जा र लमसुङका बासिन्दा त्यहाँ रेञ्जपोष्ट राख्न नहुने पक्षमा रहँदै आएका थिए । गुर्जाको चारकोठे एकतले कच्ची र लमसुङको एकतले पक्की भवन आगलागीबाट नष्ट भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पुष्टि गरे।
स्थानीयवासीलाई घाँस, दाउरा, काठ, जडीबुटी, च्याउ, टुसा सङ्कलन गर्न आरक्षको झञ्झटिलो प्रक्रियाका कारण दुःख भएको स्थानीयवासीको भनाइ छ ।














