Logo
Logo

सरकारको नेतृत्व लिन तयार छुः सुशीला कार्की


63
Shares

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेन–जी पुस्ताले आफूलाई अत्यधिक रुचि दिएको भन्दै आफू सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन् ।

भारतीय मिडिया न्युज–१८ सँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताइन् ।

‘उनीहरू (जेन–जी)ले मलाई प्रस्ताव राखे । मलाई विश्वास गरे । म छोटो अवधिको लागि सरकार सञ्चालन गर्न सक्छु, चुनाव गराउन सक्छु। मैले स्वीकार गरें’ कार्कीले भनिन् ।

साथै, उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका अभिभावकका माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

कार्कीले पहिलो प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण राख्ने बताउँदै भनिन्, ‘अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । तर विद्यार्थीहरूको मागअनुसार मलाई धेरै मत प्राप्त भयो । हामी उनीहरूको सहयोगमा सफल हुन्छौँ ।’

उनले सर्वोच्च अदालत, सिंहदरबार र अन्य सरकारी भवनहरू जलेको अवस्थाबारे पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्