Logo
Logo

बेलबारीका मेयर डीपी राईले एमाले पार्टी र पद दुवै त्यागे


630
Shares

विराटनगर । बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामा दिएका छन् ।

नगरबासीलाई सम्बोधन गर्दै उनले एमाले र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् । उनले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल सुचारु गर्ने मागसहित सुरू भएको जनसरोकारका मागलाई सम्बोधन नगरी विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको बताएका छन् ।

यस्तै एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै श्रीमान् श्रीमती नै एमाले पार्टीमा नरहेको घोषणा गरेका हुन् । उनी मोरङ इन्चार्ज समेत हुन् । यस्तै घिमिरेकी श्रीमती विमला दाहाल घिमिरे प्रदेश सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्