Logo
Logo

बन्द झुलाघाट नाका सञ्चालनमा


0
Shares

बैतडी । भारतीय सीमा सुरक्षा बल एसएसबीले झुलाघाट नाकामा आवातजावत खुला गरेको छ । जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेको भन्दै एसएसबीले आज दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो ।

केही घण्टा बन्द गरिएको नाका अपरान्हपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । दिउँसो भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको थियो ।

भारतीय पक्षले आवातजावत खुला गरेको एसएसबीलाई उद्धृत गर्दै भारतीय पत्रिका दैनिक जागरणका पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्