काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा र कफ्र्यु खुकुलो बनाएसँगै सडक तथा पसलहरुमा चहलपहल बढेको छ । हिजोको तुलनामा आज बिहान चहलपहल बढेको हो ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कफ्र्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या बढेको छ ।
आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कफ्र्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुनः कफ्र्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुनः कफ्र्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको भोलिपल्ट सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले देशभर कफ्र्यु जारी गरेको थियो ।














