काठमाडौं । नेता बामदेव गौतमले अहिले संक्रमणको अवस्थामा संवैधानिक समाधान सम्भव भएको भन्दै संबिधान भन्दा बाहिर कदापि जानु नहुने बताएका छन् । नेता गौतमले बिहीबार विज्ञप्तिा जारी गर्दै नेपाल अहिले गम्भीर राष्ट्रिय संकटमा फसेको र यसको समाधान संबिधानभित्रै खोज्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाल अहिले गम्भीर राष्ट्रिय संकटमा फसेको छ। यसको समाधान संबिधान भन्दा वाहिरबाट कदपि खोज्नु हुँदैन । यो संकटको संबैधानिक समाधान सम्भव छ । त्यसलाई निम्नानुशार प्रस्तुत गरिन्छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘अहिले नेपालमा असामान्य अवस्था सृजना भएको छ । यस्तो अवस्थावाट राष्ट्रलाई अगाडि बढाउन नेपालको संबिधानको भाग ३० को धारा २७३ वमोजिम राष्ट्रपतिलाई संकटकाल घोषणा गर्ने अधिकार दिएको छ । यसै धारालाई टेकेर सर्वप्रथम राष्ट्रपतिले राष्ट्रव्यापी संकटकाल घोषणा गर्नु पर्छ। त्यसपछि निश्कृय रहेको प्रतिनिधि सभा भंग गर्नु पर्नेछ ।’
यस्तो अवस्थामा संबिधानको धारा २७३ को उपधारा ८ वमोजिम राष्ट्रिय सभाले प्रतिनिधिसभाको समेत अधिकार र कर्तब्य प्राप्त भएकाले त्यसअनुसार राष्ट्रपतिले सहमतिका आधारमा प्रधान्मन्त्रीको उमेरवादको नाम पठाउन राष्ट्रियसभालाई निर्देशन गर्नुपर्ने उनको भनाइ छ ।
‘त्यसरि पठाएका उमेदवारलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने छन। त्यसरी पदभार ग्रहण गरेका प्रधानमन्त्रीले सहमतिका आधारमा मन्त्रीपरिषद निर्माण गर्नेछन् र सोही मन्त्रीपरिषदले नयाँ प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने छन्। त्यस पछि अन्योलमा रहेको नेपाल दृढता पूर्वक अगाडी वढ्ने छ एवम् नेपाल र नेपाली हिड्ने सहि मार्गदिशा राष्ट्रले प्राप्त गर्नेछ’ नेता गौतमले भनेका छन् ।














