Logo
Logo

शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षलाई राष्ट्रपतिको अपिल 


882
Shares

काठमाडौं । देशमा जारी विषम परिस्थितिमा संवैधानिक दायराभित्र रही लोकतन्त्रको संरक्षण गर्दै शान्ति र सुव्यवस्था कायम राख्नका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई अपिल गरेका छन् ।

The current image has no alternative text. The file name is: rastpati-2.gif

विज्ञप्ति 
‘आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दै छु । आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्