Logo
Logo

चुच्चेपाटीको भाटभटेनीमा लागेको आगो अझै नियन्त्रणमा आएन, निभाउने प्रयास जारी


567
Shares

काठमाडौं । काठमाडौं चुच्चेपाटीस्थित भाटभटेनीमा चार दिनअघि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । जेनजी प्रदर्शनकारीले मंगलबार चुच्चेपाटीमा रहेको आउटलेटमा आगो लगाएका थिए । उनीहरूले एक्कासी तोडफोड गर्न थालेपछि कामदारहरूले भागेर ज्यान जोगाएका थिए ।

कामदार निस्किएपछि प्रदर्शनकारीले भित्रै पसेर लुटपाट र आगजनी थिए । शुक्रबार बिहान पनि त्यहाँ आगो नियन्त्रणमा आएको छैन । अहिले अन्तिम तलामा आगो लागिरहेको छ भने नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले निभाउने प्रयास पनि गरिरहेको छ ।

सेनाले बुधबारबाटै निभाउने प्रयास गरेपनि खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्रीको ठूलो भण्डारण रहेको भाटभटेनीको आगो नियन्त्रणमा आएको छैन । शुक्रबार बिहान पनि त्यहाँ दुइटा दमकल र केही पानी ट्यांकर तैनाथ गरिएको छ ।

भदौ २४ गते मंगलबार आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको छ । भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गरेका छन् । उनका अनुसार १२ वटा शाखामा लुटपाटपछि आगो लगाइएको छ भने ९ वटामा तोडफोड र लुटपाट गरिएको छ । देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्