Logo
Logo

शीतल निवासमा बढाइयो सुरक्षा तैनाथी


3.6k
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेसँगै सेनाले सुरक्षा तैनाथी बढाएको छ । नेपाली सेना सडकका दुवै तर्फका लेनमा तारबार लगाएको छ । शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको हो ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । त्यसैले पनि शीतल निवासमा सुरक्षा तैनाथी बढाइएको हो । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श गरेका थिए ।

बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्तरूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पनि छलफल गरेका थिए । उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराएका थिए ।

आ पनि राष्ट्रपति पौडेल नयाँ सरकार गठनबारे कानुविद्हरुसँग परामर्श गरिरहेका छन् । सम्भवतः कार्की आजै प्रधानमन्त्री नियुक्ति हुने शीतल निवास स्रोतले जनाएको छ । त्यसका लागि सम्पूर्ण सुरक्षा निकायहरुलाई समेत जानकारी गरिसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्