
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । आजै गृहमन्त्रीको शपथ लिएका उनले केहि बेरअघि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।
उनले पदभार सम्हालेलगत्तै तीन निर्णय गरेका छन् । जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ ।
कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।














