Logo
Logo

घाइते भेट्न अस्पताल पुगे ऊर्जा मन्त्री कुलमान 


378
Shares

काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

The current image has no alternative text. The file name is: kulman-.gif

मन्त्री पदको पदभार ग्रहण गर्नुअघि उनी जेनजी आन्दोलनमा घाइते भएर उपचाररत घाइतेहरूलाई भेट्न अस्पताल छिरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएको पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका हुन् । जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई आज मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । उनलाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी घिसिङको काँधमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्