Logo
Logo

महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण


378
Shares

काठमाडौं ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

The current image has no alternative text. The file name is: sabita-bhanadari-baral.jpg

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन् ।
 
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल थिइन् । उनले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता भएकी हुन् । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । यसअघि उनी सूचना आयुक्तसमेत रहिसकेकी छन् । 

प्रतिक्रिया दिनुहोस्