Logo
Logo

जेनजी आन्दोलनका शहीदको सम्मानमा राष्ट्रिय शोक, झण्डा आधा झुकाउने निर्णय


819
Shares

काठमाडौं। गृह मन्त्रालयले जेनजी आन्दोलनमा शहीद भएका नागरिकहरूको सम्मानमा एकदिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शोक दिवसको दिन नेपालकाे राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै उक्त निर्णय गरेका हुन्। शोक दिवस कुन दिन मनाउने भन्नेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्ने उनले जानकारी दिए।

शहीद परिवारप्रति सम्मानस्वरूप सरकारका तर्फबाट मृतकका परिवारलाई किरिया खर्चका लागि प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिएको छ। साथै, शव व्यवस्थापनका लागि नि:शुल्क सवारीसाधन उपलब्ध गराइनेछ भने दुर्गम स्थानमा हेलिकप्टरमार्फत शव पुर्‍याइने व्यवस्था मिलाइनेछ।

प्रतिक्रिया दिनुहोस्