काठमाडौं। जेन्जी प्रदर्शनमा देशभर ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ३० शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ, जसमा २७ शव परिवारले बुझिसकेका छन्। अझै १६ शवको पोस्टमार्टम बाँकी छ, जसमा ७ वटा शव पूर्ण रूपमा जलेर पहिचान गर्न नसकिने अवस्थामा छन्।
फोरेन्सिक विभागका अनुसार ती शवको पहिचान फिङ्गर प्रिन्ट, डेन्टल परीक्षण वा डीएनएमार्फत गरिनेछ।
सरकारले मृतकको सम्मानमा राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने, काजकिरिया खर्च स्वरूप परिवारलाई १ लाख र शहीद घोषणा गर्दै १० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ।














