विराटनगर। भाटभटेनी सुपरमार्केट विराटनगरको भवनमा पूर्ण रूपमा जलेको एक शव फेला परेको छ। सफाइ गर्ने क्रममा दोस्रो तलामा शव देखिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

मोरङ प्रहरीका अनुसार शवको पहिचान गर्न कठिन भएकाले पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। जेनजी आन्दोलनको क्रममा उक्त स्टोरमा आगजनी र लुटपाट भएको थियो। प्रहरीको अनुमानमा लुटपाटका क्रममा कसैको मृत्यु भएको हुनसक्छ।
देशभरका भाटभटेनी स्टोरमा आगजनी भएको थियो भने धरानमा यस्तै घटनामा ४ जनाको मृत्यु भएको थियो।














