Logo
Logo

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध, आवागमन ठप्प


189
Shares

बागलुङ। आइतबारको लगातार वर्षापछि आएको भीषण बाढीले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले सडक बगाएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा जाने यातायातका साधन ठप्प छन्।

स्थानीय वडाध्यक्ष टीकानिधि पौडेलका अनुसार, निरन्तर वर्षाका कारण पहिरो, लेदो र ढलेका रूखले गर्दा सडक खोल्न मुस्किल परेको छ। साना यातायातका साधनहरू कानाबगरमा रोकिएका छन् भने सडक खोल्न स्थानीय तहले सडक डिभिजनसँग सहकार्य गरिरहेको जानकारी दिएका छन्।

सडकका विभिन्न स्थानमा पहिरो खसेको र माथिबाट लेदो झरेको कारण अवरोध अझै हटाउन नसकिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्