Logo
Logo

पशुपतिनाथले बचाउन नसकेको कोषलाई जोशीले बचाउने  


3k
Shares

काठमाडौं । जेन-जीआन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनीबाट पशुपति विकाश कोष कार्यालयको ९० प्रतिशत भाग जलेर नष्ट भएको छ । 

The current image has no alternative text. The file name is: pasupati.jpg

कोषको १३ वटा सवारी साधन पनि जलेर नष्ट भएको छ । सुरुमा एक हुल केटाहरू आएर कोषको जग्गाजमिन फाँटको कार्यालयमा आगो लगाएका थिए । त्यसपछि बाहिर भएका सवारी साधनहरूमा आगो लगाउँदै सदस्य सचिवको कार्यालय, प्राविधिक फाँट, लेखा फाँटमा आगो लगाउँदा धेरै कागजपत्रहरू जलेको निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले बताए ।

पुराना कागजातहरू जलेपनि धेरै महत्त्वपूर्ण कागज पत्रलाई बचाउन सफल भएको पनि जोशीले बताए । ‘कोषलाई केही भौतिक क्षति भएपनि हामी विचलित भएका छैनौँ, अब हामी चाँडै नयाँ संरचना तयार गरेर कोषलाई तीव्र गतिमा अघि बढाउने योजनामा छौँ’ उनले भने ।

कोषमा भदौ १३ गतेदेखि सदस्य सचिव लगायत कोषको केही पदाधिकारीको पद रिक्त रहेको बेला भएको आगजनीले निमित्त सदस्य सचिव जोशीलाई थप जिम्मेवारी आइपरेको छ । उनले निमित्त सदस्य सचिव भएर कोष चलाउँदा राम्रो काम गरेको भनी कर्मचारी वृत्तमा चर्चा चलिरहँदा ३ वटा विषयमा स्नातकोत्तर गरेका युवा सदस्य सचिव जोशीलाई नै ४ वर्षका लागि सदस्य सचिवको जिम्मेवारी दिँदा कोषले चाँडै नै फड्को मार्न सक्ने कर्मचारीहरू बत्ताउँछन् । 

भ्रष्टाचारले थिलोथिलो भएको पशुपति विकाश कोषका सदस्य सचिव, पूर्वनिमित्त सदस्य सचिव लगायत ९ जना कर्मचारी पदाधिकारीहरूलाई शवदाह घरको मेशिन खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएपछि सबै जना निलम्बनमा परेका थिए । 

प्रतिक्रिया दिनुहोस्