Logo
Logo

काठमाडौंमा जथाभावी यात्रु चढाउने र झार्ने सवारीसाधनलाई कारबाही गरिने 


567
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र झार्ने सार्वजनिक सवारीसाधनलाई कारबाही गरिने भएको छ । 

The current image has no alternative text. The file name is: kathamanadu-bus-yatara.gif

यातायात व्यवस्था विभागले तोकिएको स्थानमा मात्र सवारीसाधन रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ । जथाभावी सवारी रोकी यात्रु चढाउने र ओराल्ने काम गरेको पाइए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

विभागले बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण तथा सडक पूर्वाधार अभावले गर्दा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको र यो समस्या समाधान गर्न तोकिएको स्थानमा मात्र सवारी रोक्न सूचित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्