Logo
Logo

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड


378
Shares

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ । 

The current image has no alternative text. The file name is: tuien-khola.gif

सडक डिभिजन कार्यालय, चितवनले दुवैतर्फबाट मेसिनहरू निरन्तर काम लगाएर पहिरो हटाएपछि आवागमन सुचारु गरिएको छ । ४५ घण्टापछि यातायात सञ्चालनमा आएको हो ।

शुक्रवार साँझदेखि ठूलो पहिरो गएपछि त्यो क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको थियो । शनिवार दिनभर पहिरो हटाउने प्रयास भएको भए पनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो । ३ वटा स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो । 

प्रतिक्रिया दिनुहोस्