
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने समूहका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ र बैतडीको मलौली नगरपालिका– ९ घर भई कुपण्डोल बस्ने २४ वर्षीय धीरेन्द्र चन्द रहेका छन् ।
उनीहरुले भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा तोडफोड र आगजनी गरेर त्यहाँ रहेको प्रहरी पोशाक, हतियार र खाद्यान्नका सामान लुटेका थिए ।
विभिन्न सामाजिक सञ्जालमा त्यसका दृश्यहरुको अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।














