Logo
Logo

जेनजी आन्दोलनमा देखिएका यी व्यक्ति को हुन् ?


504
Shares

काठमाडौं । हालै सामाजिक सञ्जाल र इन्टरनेटमा फैलिएको तस्बिर र समाचारको खण्डन गर्दै सामाजिक संस्था ‘हामी नेपाल’ले स्पष्टीकरण दिएको छ । 

The current image has no alternative text. The file name is: genz-4.jpg

जेनजी आन्दोलनका क्रममा पूर्ण सैन्य पोशाकमा देखिएका एक अज्ञात व्यक्तिलाई आफ्नो संस्थाको स्वयंसेवक भन्दै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि ‘हामी नेपाल’ले स्पष्टीकरण दिएको हो ।

संस्थाले आफूहरूसँग उक्त अज्ञात व्यक्तिको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । ‘हामी ती व्यक्तिलाई चिन्दैनौँ । उनी हाम्रो संस्थासँग कुनै पनि रूपमा आबद्ध हुनुहुन्न र हामीसँग उनी वा उनका कार्यहरूसँग कुनै सम्बन्ध छैन,’ संस्थाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनेको छ । 

यो स्पष्टीकरण जेनजी आन्दोलनका क्रममा मास्क लगाएर हिंसात्मक तथा आपराधिक गतिविधि गरेको भन्दै आलोचना भएका अज्ञात व्यक्तिहरूसँग जोडिएर आएको हो । 

यद्यपि संस्थाले आफ्नो एक सक्रिय स्वयंसेवक ‘जेनिश’को बारेमा भने विस्तृत जानकारी दिएको छ । संस्थाका अनुसार जेनिश ‘हामी नेपाल’सँग विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रूपमा काम गर्दै आएका छन् ।  उनको सैन्य शैलीको पोशाकको विषयमा स्पष्टीकरण दिँदै संस्थाले थप स्पष्ट पारेको छ, ‘उहाँले लगाएको ट्याक्टिकल सुट सेनाले उनको सेवाको कदरस्वरूप अनौपचारिक रूपमा उपहार दिएको हो ।’

संस्थाका अनुसार जेनिशले उक्त पोशाक ‘हामी नेपाल’द्वारा सञ्चालित कुनै पनि अभियानहरूमा लगाउने गर्छन् । संस्थाले आफ्नो विज्ञप्तिमा ठुलो अक्षरमा ‘जेनिश कुनै पनि नकारात्मक आरोपमा संलग्न छैनन्’ भनी थप स्पष्ट पार्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्