Logo
Logo

मेची राजमार्गमा यात्रा गर्न रोक


252
Shares

विराटनगर । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज राति सवारी आवागमनमा रोक लगाएको हो ।

The current image has no alternative text. The file name is: mechi.jpg

प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलसदेखि राकेसम्म र मेची करिडोरको केचना-कंचनजंगा सडकमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठुला सवारी साधनको आवागमन बन्द गरेको हो ।

 शुक्रवारदेखि निरन्तर परिहेरको वर्षाका कारण देशमा विभिन्न स्थानमा डुबान परेको छ । मुख्य राजमार्गहरू बन्द हुँदा यात्रुहरू मार्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्