Logo
Logo

विद्युत् अवरुद्ध भएमा ११५० मा फोन गर्न आग्रह


252
Shares

काठमाडौं । देशका विभिन्न प्रदेशमा तीव्र वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम बढेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र विद्युत् आपूर्तिमा समस्या आए तुरुन्त ११५० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

The current image has no alternative text. The file name is: bidhut.gif

जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र विपद्को सम्भावना रहेको चेतावनी जारी गरेपछि प्राधिकरणले शनिबार विज्ञप्ति मार्फत विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय संरचनामा क्षति पुग्न नदिन, सुरक्षित स्थानमा रहन र आकस्मिक अवस्थामा बाहेक बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। विद्युत् अवरुद्ध भएमा वा संरचनामा क्षति पुगेमा तुरुन्तै ११५० हटलाइन वा स्थानीय नो-लाईट नम्बरमा सम्पर्क गरी जानकारी दिनुहोस् ।’

प्राधिकरणले प्रतिकूल मौसमका कारण सेवा अवरुद्ध भए पनि मर्मत तथा पुनःसञ्चालनका लागि सम्बन्धित कर्मचारीहरू तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्