Logo
Logo

बागमती नदीले खतराको तह पार गर्‍यो


945
Shares

काठमाडौं । निरन्तरका वर्षासँगै काठमाडौं  उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ । 

The current image has no alternative text. The file name is: Badi-Sukumbari-.jpg

विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ। यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक  छ ।’

विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौं मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको छ । बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी-नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ । आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्