Logo
Logo

बाढी-पहिरोका कारण एमाले सचिवालय बैठक सर्‍यो


1k
Shares

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । पहिले असोज १९ र २० गतेका लागि तय भएको बैठक अब असोज २४ गते बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए।

The current image has no alternative text. The file name is: yamale-3.gif

बैठक आगामी असोज २७, २८ र २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न बोलाइएको हो । हालैको ‘जेनजी आन्दोलन’ पछि पार्टी पुनर्गठनको माग बढिरहेको सन्दर्भमा यो केन्द्रीय कमिटी बैठकलाई विशेष महत्वका साथ हेरिएको छ । उक्त बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति तय गर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्