Logo
Logo

नख्खु कारागारबाट फरार कैदीद्वारा ठमेलमा युवकको  हत्या


63
Shares

काठमाडौं । नख्खु कारागारबाट २४ भदौमा भागेका कैदी आकाश मगरले १३ असोजमा ठमेलमा सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेका छन्

मकवानपुर घर भई मनमैजु बस्दै आएका २५ वर्षीय तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार हत्या पुरानो रिसइबीका कारण हुन सक्ने देखिएको छ ।

डकैती अभियोगमा जेल चलान भएका मगर जेनजी आन्दोलनको बेला कारागार तोडफोडपछि भागेका थिए। उनी अझै फरार छन् । घटनास्थलको सीसीटीभी र अनुसन्धानले उनी संलग्न भएको पुष्टि भएको छ ।

यसअघि पनि नख्खुबाटै फरार सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्