Logo
Logo

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच निर्वाचनका विषयमा छलफल


378
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । 

The current image has no alternative text. The file name is: chalphal.gif

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् । छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थीत संसद् भवन ध्वस्त भएको थियो । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको उनले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्