Logo
Logo

नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ


567
Shares

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती(३ का ३५ वर्षीय रविन आचार्य बनेपा–६ बुडोलबाट पक्राउ परेका छन्।

काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा.प्र.००१ ज ३८६ नं को ईभी गाडीमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर पाँचखालबाट खटिएको टोलीले पक्रेको हो ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्