Logo
Logo

जिल्ला प्रशासन काठमाडौंमा आजदेखि राहदानी सेवा


315
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी सेवा सुरु गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण प्रभावित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

प्रशासनले सूचना जारी गर्दै राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ ।

सेवाग्राहीको अत्यधिक चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।े थियो ।

प्रतिक्रिया दिनुहोस्