
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुदैछ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ओलीको प्रतिवेदनमा समसामयिक राजनीति, जेन जी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड, अन्तरिक सरकार गठन, संसद विघटन लगायतका विषय समेटिने छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ ।
त्यस्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ ।
केन्द्रीय सदस्यहरूलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।










