
काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको हो ।
त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
स्थानीय प्रशासनले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ ।










