Logo
Logo

व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ : रामकुमारी


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् ।

अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको अन्तिम तयारी गरिरहँदा उनले सामाजिक सञ्जालमार्फत फरक धारणा राखेकी हुन् ।

‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ,’ उनले भनेकी छन्, ‘मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन ।’

एकीकृत समाजवादीको आज सकिने केन्द्रीय कमिटी बैठकले माओवादी लगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने प्रस्ताव पारित गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्