Logo
Logo

जोमसोम-कागबेनी सडक पूर्ण अवरुद्ध


378
Shares

काठमाडौं । मुस्ताङको जोमसोम–कागबेनी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड आज बिहान भासिएर भत्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ । पहिरो खसिरहेको कारण उक्त् बाटो हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्