Logo
Logo

फोहोर घरमै सुरक्षित राख्न काठमाडौं महानगरको आग्रह


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर घरमै राख्न आग्रह गरेको छ । उपत्यकाको फोहर बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर फ्याक्न अवरोध भएपछि महानगरले सूचना जारी गर्दै फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो ।

स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर, कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।

फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरुले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् । जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ ।

प्रतिक्रिया दिनुहोस्