
file photo
काठमाडौं । अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीखण्डमा आज बिहानदेखि एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । सडक मर्मतपश्चात् हलुका सवारीसाधनको आवतजावत खुला गरिएको हो ।
सडक डिभिजन कार्यालय र स्थानीय तहको सहकार्यमा भासिएको बाटो छेउमा अस्थायी जग र ग्याबियन जाली राखेर मर्मत गरिएको छ । राजदुवालीनजिकै केही भाग सडक भासिएको थियो । त्यसपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
त्योसँगै इलाम, पाँचथर र ताप्लेजुङसम्म यातायात सेवा अवरुद्ध भएको थियो । झापा झर्न समेत यात्रुलाई कठिनाइ भएको थियो । सडक मर्मतपछि जीप, कार र साना भ्यानलाई सावधानीपूर्वक एकतर्फी आवागमनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।










